+
फिफा विश्वकप २०२६ :

अमेरिकाले बढायो अग्रता

२०८३ असार  १८ गते ७:३९ २०८३ असार १८ गते ७:३९

सान फ्रान्सिस्को बे एरिया स्टेडियम जारी खेलको ८२औं मिनेटमा मलिक टिलम्यानले गोल गर्दै अमेरिकालाई दुई गोलको अग्रता दिलाएका हुन् ।

१८ असार, काठमाडौं । सहआयोजक अमेरिकाले फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गत बोस्निया तथा हर्जगोभिनाविरुद्धको खेलमा अग्रता दोब्बर बनाएको छ ।

सान फ्रान्सिस्को बे एरिया स्टेडियम जारी खेलको ८२औं मिनेटमा मलिक टिलम्यानले गोल गर्दै अमेरिकालाई दुई गोलको अग्रता दिलाएका हुन् ।

टिलम्यानले डिबक्सभन्दा केही बाहिरबाट फ्रिकिकमार्फत प्रहार गरेको बल सिधै बोस्नियाको गोलपोष्ट छिर्‍यो । यसअघि ४५औं मिनेटमा फोलारिन बालोगुनले गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाएका हुन् ।

अमेरिकालाई पहिलो अग्रता दिलाएका बालोगुन ६४ मिनेटमा रातो कार्ड खाँदै बाहिरिएपछि अमेरिका १0 खेलाडीमा सीमित छ ।

फिफा विश्वकप फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय