१८ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को सहआयोजक मेक्सिकोले अन्तिम १६ मा इंग्ल्यान्डसँग खेल्ने भएको छ ।
बुधबार राती भएको खेलमा इंग्ल्यान्डले डिआर कंगोलाई २-१ ले पराजित गरेपछि मेक्सिकोले इंग्ल्यान्ड प्रतिद्वन्दी पाएको हो ।
अहिलेसम्म चार खेल खेल्दा शतप्रतिशत जितसहित क्लिनसिट समेत राखेको मेक्सिको र उतारचढावपूर्ण प्रदर्शन गरेको इंग्ल्यान्डबीचको खेल हेर्न लायक हुनेछ ।
उक्त खेल मेक्सिकोको घरेलु मैदान अज्टेका स्टेडियममा हुनेछ । यसअघि घरेलु मैदानमा खेलेको चारै खेलमा मेक्सिकोले विजयी भएको छ । मेक्सिकोले राउण्ड अफ ३२ को पछिल्लो खेलमा इक्वेडरलाई २-० ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको हो ।
अन्तिम १६ मा इंग्लयान्ड विरुद्धको खेल मेक्सिकोले यस विश्वकपमा घरेलु मैदानमा खेल्ने अन्तिम खेल हुनेछ । यस खेलमा जित हात पारे मेक्सिकोले हार्ड रक स्टेडियममा ब्राजिल र नर्वेबीचको विजेतासँग खेल्नेछ ।
मेक्सिकोले पहिलो खेलमा दक्षिण अफ्रिकालाई २-० ले, दोस्रो खेलमा दक्षिण कोरियालाई १-० ले र तेस्रो खेलमा चेक रिपब्लिकलाई ३-० ले पराजित गरेको थियो । अहिलेसम्म मेक्सिकोले ८ गोल गर्दा कुनै गोल बेहोरेको छैन ।
अर्कोतर्फ इंग्ल्यान्डले समूह चरणमा क्रोएसियालाई ४-२ ले हराउँदै विश्वकप सुरु गरेको थियो । त्यसपछि घानासँग गोलरहित बराबरीमा रोकिएको इंग्ल्यान्डले समूहको अन्तिम खेलमा पानामालाई २-० ले हराएको थियो ।
पिफा वरियतामा चौथो स्थानमा रहेको इंग्ल्यान्डले राउण्ड अफ ३२ मा तुलानत्मक रुपमा कमजोर टोली डिआर कंगो प्रतिद्वन्दी पाएको थियो ।
कंगो विरुद्ध सातौं मिनेटमै पछि परेको इंग्ल्यान्डले पुनरागमन गर्दै २-१ को जित हात पारेको छ । दुवै गोल कप्तान ह्यारी केनले गरेका थिए ।
प्रतिक्रिया 4