+
+

बझाङमा काेरोना संक्रमित युवकले गरे आत्महत्या 

भानुभक्त आचार्य भानुभक्त आचार्य
२०७७ असार १९ गते २१:२३

१९ असार, कैलाली । बझाङमा कोरोना संक्रमित एक युवकले आत्महत्या गरेका छन् । बझाङको खप्तड छान्ना गाउँपालिका-७ का १८ वर्षीय युवकले शुक्रबार आत्महत्या गरेको गाउँपालिकाका अध्यक्ष वर्कबहादुर रोकायाले जानकारी दिए ।

‘उनीमा कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट बिहीबार साँझ आएको हो । जेठ १९ गते भारतबाट आएर उनी क्वारेन्टिनमा बस्दै आइरहेका थिए । असार १३ गतेमात्रै होम क्वारेन्टिनमा बस्ने गरी उनी घर गएका थिए,’ अध्यक्ष रोकायाले भने, ‘गोठाला गएका स्थानीयले शुक्रबार उनी झुण्डिएको अवस्थामा घरदेखि करिब आधा घण्टाको दुरीको जं‌गलमा देखेका रहेछन् ।’

अध्यक्ष रोकायाका अनुसार असार १ गते उनको आरडीटी टेस्ट गर्दा रिपोर्ट पोजेटिभ आएपछि असार ८ गते पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको थियो ।

क्वारेन्टिनमा एक्लै भएका कारण उनका आफन्तले घरमै सुरक्षित राख्ने सहमित अनुसार रिपोर्ट नआउँदै उनी असार १३ गते घर गएको अध्यक्ष रोकायाको भनाइ छ ।

संक्रमित युवक केही दिनदेखि घरमै रहेको हुँदा उनको परिवारका अन्य सदस्यहरूको पनि पीसीआर परीक्षण गरिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?