+
+
Shares

कांग्रेसको अपिल : उत्पादनमा वृद्धि गरेर आत्मनिर्भर बनौं

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १५ गते ९:३०

१५ असार, काठमाडौं । नेपाली कांग्रेसले उत्पादन र उत्पादकत्व वृद्धि गरी खाद्यान्नमा आत्मनिर्भर बन्न दल, सरकार र सरोकारवालाबीच साझा प्रतिबद्धता आवश्यक रहेको बताएको छ ।

राष्ट्रिय धान दिवसको अवसरमा प्रमुख प्रतिपक्षी कांग्रेसले बर्सेनि धान तथा चामलमा बढ्दै गएको आयातप्रति चिन्ता जनाउँदै दिवस उत्सवमा मात्र सीमित नभएर कृषि विकासप्रतिको साझा प्रतिबद्धताको अवसर बन्नु पर्नेमा जोड दिएको छ ।

‘उर्वर कृषि भूमि बाँझो रहने अवस्थाको अन्त्य गर्दै युवा पुस्तालाई कृषि क्षेत्रमा आकर्षित गर्ने, कृषिलाई सम्मानित र लाभदायी पेशाका रूपमा विकास गर्ने तथा उत्पादन र उत्पादकत्व वृद्धि गरी खाद्यान्नमा आत्मनिर्भर बन्न सबै राजनीतिक दल, सरकार र सरोकारवाला निकायबीच साझा प्रतिबद्धता आवश्यक छ,’ संसदीय दलका नेता भीष्मराज आङ्देम्बेद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

कांग्रेस किसानको हक–हितको संरक्षण, कृषि क्षेत्रको आधुनिकीकरण, खाद्य सुरक्षाको सुनिश्चितता तथा कृषिको दिगो विकासका पक्षमा सदैव प्रतिबद्ध रहेको उनको भनाइ छ ।

संविधानले प्रत्येक नागरिकलाई खाद्यसम्बन्धी हक सुनिश्चित गरेको भन्दै कांग्रेले हकको प्रभावकारी कार्यान्वयनका लागि किसानमैत्री नीति, उत्पादनमुखी कृषि प्रणाली तथा कृषि क्षेत्रमा राज्यको लगानी अझ प्रभावकारी बनाउन आवश्यक रहेका पनि जोड दिएको ।

‘राष्ट्रिय धान दिवसले कृषि उत्पादन वृद्धि, किसानको सम्मान, खाद्य सुरक्षाको सुदृढीकरण तथा समृद्ध नेपालको निर्माणका लागि सबैलाई थप प्रेरणा प्रदान गरोस्,’ विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?