+
+
Shares

इरानमा कोरोना महामारीको दोस्रो लहरको आशंका, मास्क लगाउनेबारे नयाँ नियम

अनलाइनखबर अनलाइनखबर
२०७७ असार २१ गते १२:१३

२१ असार, काठमाडौं । इरानमा कोरोना भाइरस (कोभिड-१९) को दोस्रो लहरको आशंका बढेसँगै सार्वजनिक स्थानमा मास्क लगाउनेबारे नयाँ नियम ल्याइएको छ ।

इरानका राष्ट्रपति हसन रौहानीले सरकारले ल्याएको नियम नमान्ने मानिसहरुलाई अहिले दिँदै आएको सरकारी सुविधा कटौती गरिने बताएका छन् । कुनै कार्यालय, पसल वा कार्यस्थलका लागि ल्याएको नियम पालना नभए सो व्यवसायलाई एक साताका लागि बन्द गरिने रौहानीले बताएका छन् ।

इरानमा गत अप्रिल महिनामा कोरोना भाइरसको नयाँ संक्रमणमा कमी आउन सुरु गरेको थियो । तर, पुनः कोरोना भाइरसका नयाँ संक्रमितको संख्यामा वृद्धि भइरहेको छ । संक्रमण पुनः बढेसँगै इरानले पाँच प्रान्तका सहर तथा क्षेत्रहरुमा लकडाउन गरेको छ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?