Comments Add Comment

विकास दुवेका एक सहयोगी प्रहरीसँगको मुठभेडमा मारिए

विकास दुवे ।

२४ असार, काठमाडौं । उत्तर प्रदेश प्रहरीले कानपुरमा केही समयअघि आठ जना प्रहरीको हत्या गर्ने समूहका नाइके विकास दुवेका सहयोगी अमर दुवे प्रहरीसँगको मुठभेडको क्रममा मारिएको बताएको छ । भारतीय समाचार संस्था एएनआईका अनुसार अमर हमिरपुर जिल्लामा भएको मुठभेडको क्रममा अमर दुवे मारिएका हुन् । प्रहरीका अनुसार अमर कानपुरमा भएको घटनाको सहअभियुक्त थिए ।

हमिरपुर प्रहरी अधिरक्षक श्लोक कुमारका अनुसार प्रहरीलाई उनी हमिरपुरमा रहेको जानकारी आएसँगै प्रहरीले घेराबन्दी गरेर प्रक्राउ गर्ने प्रयास गरेको थियो । तर, उनले प्रहरीमाथि गोली चलाएका थिए । यो क्रममा दुई प्रहरीलाई गोली लागोको थियो । जवाफी कारबाहीमा अमरलाई पनि गोली लागेको थियो अस्पताल पुर्‍याउँदै गर्दा बाटैमा उनको मृत्यु भएको हो । उनीसँग एक अटोमेटिक हतियार र एक ब्याग पनि फेला परेको थियो ।

उत्तर प्रदेशको प्रहरीले मंगलबार आफ्नो ४० टोली विकास दुवेको खोजीमा लागेको बताएको छ । जुलाई २ तारिखको राति विकास दुवेलाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि भएको आक्रमणमा एक डीएसपीसहित आठ प्रहरीको मृत्यु भएको थियो ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment