Comments Add Comment

भारतमा कोरोनाबाट एकैदिन ४८२ को मृत्यु

२४ असार, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड-१९) बाट पछिल्लो २४ घण्टामा ४८२ जनाको मृत्यु भएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार यससँगै भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २० हजार ६४२ पुगेको छ ।

त्यस्तै संक्रमितको संख्या पनि सात लाख ४२ हजार ४१७ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसका २२ हजार ७५२ नयाँ संक्रमित फेला परेका हुन् ।

भारतको सबैभन्दा प्रभावित महाराष्ट्रमा अहिलेसम्म कोरोना भाइरसका दुई लाख १७ हजारभन्दा धेरै संक्रमित फेला परेका छन् भने नौ हजार २५० जनाको मृत्यु भइसकेको छ । तामिलनाडुमा अहिलेसम्म एक लाख १८ हजारभन्दा धेरै संक्रमित फेला परेका छन् भने एक हजार ६३६ जनाको मृत्यु भएको छ ।

दिल्लीमा पनि कोरोना भाइरसका एक लाख दुई हजारभन्दा धेरै संक्रमित फेला परेका छन् भने तीन हजार १६५ जनाको मृत्यु भएको छ । उत्तर प्रदेशमा करिब ३० हजार संक्रमित फेला पर्दा ८२७ जनाको मृत्यु भएको छ ।

पश्चिम बंगालमा २३ हजारभन्दा धेरै संक्रमित फेला पर्दा ८०४ जनााको मृत्यु भइसकेको छ । बिहारमा कोरोना भाइरसका १२ हजार ५७० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने १०४ जनाको मृत्यु भइसकेको छ ।

अहिलेसम्म कोरोना भाइरसका चार लाख ५६ हजार ८३१ जना संक्रमित निको वा डिस्चार्ज भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment