Comments Add Comment

सभामुख सापकोटाको आँखाको शल्यक्रिया

२४ असार, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाको आज मोतियाबिन्दुको शल्यक्रिया भएको छ ।

काठमाडौंस्थित तिलगंगा आँखा अस्पतालमा उनको दायाँ आँखाको शल्यक्रिया गरिएको हो । वरिष्ठ चिकित्सक डा. सन्दुक रुइतसहितको टोलीले बिहान १०ः३० बजे शल्यक्रिया गरेको हो ।

केही समययता सभामुख सापकोटाको आँखामा समस्या देखिएको थियो ।

उपचारका क्रममा लागेको सम्पूर्ण खर्च राज्यकोषमा व्ययभार नपर्नेेगरी सभामुख सापकोटा स्वयंले व्यहोरेको उनको सचिवालयले जनाएको छ ।

सभामुख सापकोटाले शल्यक्रियामा संलग्न वरिष्ठ चिकित्सक डा. सन्दुक रुइतसहितको टोली र तिलगंगा आँखा अस्पताल परिवारप्रति आभार व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment