
१९ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी उपमहासचिव जनार्दन शर्माले बैठकमा आत्मालोचना नगरेको बताएको छ ।
पार्टी प्रवक्ता समेत रहेका उपाध्यक्ष अग्नि प्रसाद सापकोटाका अनुसार, शर्माको रियलाइजेसन (आत्मालोचना) को मात्रा भने बढेको छ ।
‘आत्मालोचना त गर्नुभएको छैन । तर रियलाइजेसनको मात्रा बढेको छ,’ सापकोटाले भने ।
छलफल गर्दै जाँदा यो विषय टुंगिने उनले बताए ।
गुट उपगुट र स्वार्थ समूह अन्त्य गर्ने निर्णय बैठकले नै गरेको भन्दै यसमा अल्झन नपर्ने उनले बताए ।
‘छलफल गर्दै जाँदा यो टुंगिन्छ भन्ने विश्वासमा छु,’ सापकोटाले भने ।
बैठकमा अधिकांश सदस्यहरूले उपमहासचिव शर्माले आत्मालोचना गर्नुपर्ने बताएका थिए । जवाफका क्रममा शर्माले पार्टी बिग्रेको जिम्मा लिन अध्यक्ष प्रचण्ड तयार भए मात्रै आफू पनि आत्मालोचना गर्न तयार भएको बताएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4