+
+
Shares

प्रतिनिधिसभा चुनावमा कुनै दलसँग सहकार्य गर्दैनौं : अग्नि सापकोटा

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २५ गते १३:१३

२५ पुस, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता अग्निप्रसाद सापकोटाले राष्ट्रिय सभा सदस्य निर्वाचनमा कांग्रेस र एमालेसँग सहकार्य गर्ने विषय पार्टीपंक्ति र आम जनताले नरुचाएको बताएका छन् ।

बिहीबार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै नेता सापकोटाले राजनीतिक दलहरूबीच सहकार्य हुनु स्वाभाविक भए पनि आम नागरिकले सकारात्मक रूपमा नलिएको बताएका हुन् ।

उनले राष्ट्रिय सभा सदस्य निर्वाचनमा मतभारको आधारमा सिट बाँडफाँट हुनुपर्ने प्रस्ताव पार्टीले अघि सारेको भए पनि कांग्रेस–एमाले त्यसका लागि तयार नभएको पनि बताए ।

उनले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा कुनै पनि दलसँग सहकार्य नगर्ने स्पष्ट पारे ।

उनले राष्ट्रिय सभा निर्वाचन आम निर्वाचनजस्तो नभएको कारण एउटा समझदारी गर्ने भनिए पनि प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा स्वतन्त्र ढंगले जनतामाझ जाने बताए । पार्टीलाई एक्लै चुनाव लड्न आम जनताबाट समेत सुझाव उनको भनाइ छ ।

उनले भने, ‘राष्ट्रिय सभा सदस्यमा कांग्रेस र एमालेसँग मिल्ने कुरा हाम्रो पार्टी पंक्ति र आम जनताले पनि त्यति मन पराइरहेका छैनन् । मिल्ने विषय बाहिर आउँदा पनि आलोचना र टिप्पणीहरू आई नै रहेका थिए । तर पनि राजनीतिक पार्टीहरूसँग हुने सहकार्यको विषय स्वभाविक पनि हुन्छ । फेरि यो राष्ट्रिय सभाको निर्वाचन भनेको आम निर्वाचनजस्तो होइन । प्रतिनिधिहरूले चुन्ने निर्वाचन भएको हुनाले यो अरू निर्वाचन जस्तो होइन । मतभारको आधारमा सिट बाँडफाँट हुन्छ भने गरौँ भनेर हामीले भनेको हो । तर त्यहाँ समानता र निष्पक्षताको भाव देखिएन पनि । एक त हामी स्वतन्त्रतापूर्वक चुनाव लड्न चाहान्छौँ । र प्रत्यक्ष निर्वाचन नभएको हुनाले समझदारी गर्ने भए गरौँ भनेको हो तर उनीहरूमा मिल्ने छाँट देखिएन । हामी अगामी आम निर्वाचन पनि एक्लै लड्छौँ, एक्लै लड्न जनताको पनि सुझाव छ ।’

विगतमा अन्य राजनीतिक दलहरूसँग गठबन्धन गर्न आफूहरूको पहचिान स्थापित हुन नसकेको उनको स्वीकारोक्ति छ । उनले मुलुकको सबैभन्दा अग्रगामी र जेनजी पुस्ताले उठाएका एजेन्डाहरू समेत नेकपाले उठाउँदै आएको समेत जिकिर गरे ।

उनले भर्खरै एकतामा गएका काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह र रास्वपामा विचार र दृष्टिकोणको खडेरी रहेको टिप्पणी पनि गरे ।

राजनीतिक दलहरूमा विचार र दृष्टिकोणको रिक्तता भएकै कारण पछिल्ला मुलुक यो संकटको अवस्थामा पुगेको पनि उनको जिकिर छ ।

सापकोटाले महाधिवेशनको विषयलाई लिएर नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक विवादले नेकपा र राष्ट्रिय राजनीतिमा तात्विक असर नपार्ने बताए । यद्यपि पार्टी विभाजन हुनुभन्दा एकताबद्ध हुनु पार्टीका लागि हितकर हुने भन्दै विभाजिततर्फ नजान आग्रह गरे ।

उनले भने, ‘नेपाली काँग्रेसको आन्तरिक कुरा हो अब त्यो करी जान्छ उनीहरुमै भर पर्ने कुरा पनि भयो । तर पार्टी फ्ट्नुभन्दा एकतावद्ध हुनु नै राम्रो हो । चाहे जुनसुकै पार्टी भएपनि फुट र विभाजन हुनुभन्दा एकताबद्ध हुनु नै राम्रो हो । मलाई जहाँसम्म लाग्न कांग्रेस नेताहरुले कुनै न कुनै उपाय खोजेर एकताबद्ध हुन्छन् होला । अब काँग्रेसको आन्तरिक मामिलाले हामीलाई त्यस्तो तात्विक अन्तर पर्दैन ।’

नेता सापकोटाले सर्वोच्च अदालतले विचाराधिन संसद विघटनसम्बन्धी मुद्दालाई छिटो टुंगोमा पुर्याउनुपर्नेमा जोड दिए । यद्यपि निर्वाचनले मात्रै अहिलेको राजनीतिक संकलाई निकाश दिनसक्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?