+
+
Shares

सरकार अधिनायकवादतिर उन्मुख भयो : सापकोटा

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ७ गते १३:४८

७ भदौ, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्नि सापकोटाले सरकार अधिनायकवादतिर उन्मुख भएको आरोप लगाएका छन् । साथै, उनले राज्यका सबै संयन्त्रहरूमा दुई दलीय पकड कायम गर्नेमा सत्तारुढ दुई ठूला दलहरू लागिरहेको आरोप लगाए ।

‘यो सरकार अलि अधिनायकवादतिर तानाशाहीकरणतिर उन्मुख भइरहेको छ । राज्यका सबै संयन्त्रहरूमा दुई दलीय पकड कायम गर्ने, अझ खासगरी सरकारको नेतृत्व गरिरहेको नेकपा एमाले र त्यसका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय संयन्त्र सबैलाई आफ्नो नियन्त्रणमा राख्ने दिशातिर अघि बढिरहनुभएको छ,’ सापकोटाले भने ।

न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै उनले प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानालाई हटाउने खेल त्यसकै एउटा उदाहरण भएको बताएका हुन् ।

‘प्रतिनिधि सभाको उपसभामुख इन्दिरा रानालाई कहिलेदेखि हटाउने कोशिस गरिरहनुभएको थियो भन्दा धेरै पटक गर्नुभयो । अहिले हस्ताक्षर संकलन भइरहेको छ भनेर हामीलाई खबर आएको छ,’ सापकोटाले भने, ‘त्यो प्रतिशोधपूर्ण छ, बदनियतपूर्ण छ । प्रतिनिधि सभाको उपसभामुख संवैधानिक परिषद्को सदस्य हुन्छ, चुनाव गरेर अर्को आउँछ । यो एक प्रकारले गैरसंसदीय प्रक्रिया हो ।’

उनले संवैधानिक परिषद्मा बहुमत पुर्‍याउन प्रधानमन्त्री ओलीले बदनियतपूर्ण काम गरिरहेको आरोप लगाउँदै यो गैरसंसदीय प्रक्रिया भएको जिकिर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?