
News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा माओवादी केन्द्रले वाईसीएलको नेतृत्व सहमतिमा टुंगिने संकेत गरेको छ।
- बैठकले वाईसीएलको नयाँ नेतृत्व सहमति खोज्ने प्रयासलाई प्राथमिकता दिएको छ।
- सम्मेलन दुई दिनदेखि जारी भए पनि नेतृत्व चयनमा सहमति नहुँदा टुङ्गो नलागेको छ।
२२ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रले वाईसीएल नेतृत्व सहमतिमा टुंगिने संकेत गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बिहीबार बसेको सचिवालय बैठकमा वाईसीएलको नयाँ नेतृत्व सहमतिमा ल्याउन अधिकतम पहल गर्ने जनाएको छ ।
वाईसीएलको तेस्रो सम्मेलन आइतबारदेखि काठमाडौंमा जारी छ । तर नेतृत्व चयन सहमतिमा गर्ने कि निर्वाचनबाट भन्नेमा एकमत नहुँदा सम्मेलन दुई दिन लम्बिसकेको छ ।
आजको सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले वाईसीएलको सम्मेलनको नेतृत्व चयनमा भइरहेको सहमतिको प्रयास बारे विस्तृत जानकारी गराएको उपाध्यक्ष एवं पार्टी प्रवक्ता अग्नि सापकोटाले जानकारी गराए ।
बैठकले वाईसीएल इञ्चार्ज रामप्रसाद सापकोटा र संगठन अध्यक्ष सुवोध शेर्पालीलाई आकांक्षी सबैसँग छलफल गरेर पार्टीलाई रिपोर्ट पेश गर्न निर्देशन दिएको छ । ‘अहिले हामी बढी केमा आशावादी भएका छौं भने वाईसीएलको नेतृत्व सहमतिमा टुंगिन्छ,’ सापकोटाले भने, ‘क्षमतावान्, उर्जावान् लिडरसीप हुनुपर्दछ । उसलाई पार्टीको तर्फबाट निष्पक्ष भएर सहजीकरण गर्नुपर्दछ ।’
प्रतिक्रिया 4