+
+
Shares

‘स्टन्ट’ को भरमा जनता भ्रमित हुँदैनन् : अग्नि सापकोटा

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २३ गते २०:२७

२३ माघ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका नेता अग्निप्रसाद सापकोटाले राष्ट्रिय स्वतन्त्र पार्टी र बालेन शाहबीचको पछिल्लो सहकार्यलाई ‘स्टन्ट’ को रुपमा चित्रण गरेका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले उनीहरूमा कुनै ठोस एजेण्डा नभएको र प्राविधिक सहमति मात्र भएको बताए ।

नयाँ शक्तिहरूका पछाडि भयानक तागत रहेको आरोप लगाउँदै नेपाली जनता अब भ्रममा नपर्ने दाबी समेत उनले गरे ।

नेता सापकोटाले रास्वपा र बालेन्द्र पक्षबीच भएको १० बुँदे सहमतिमा कुनै राजनीतिक दर्शन वा दीर्घकालीन दृष्टिकोण नभएको जिकिर पनि गरे ।

घण्टी बजाएको भरमा र ‘स्टन्ट’ गरेको भरमा नेपाली जनता अब भ्रमित नहुने स्पष्ट उनले पारे ।

‘अहिले जो रास्वपा र बालेनको बीचमा एकता भएको छ । तपाईंहरू विचार गर्नुहोला । यिनीहरूको न सिद्धान्त छ, न विचार छ, न दृष्टिकोण छ, न एजेण्डा छ । यिनीहरूको बीचमा सहमति भएको १० वटा बुँदामा प्राविधिक कुरा मात्रै छ । घण्टी बजाएको भरमा र हाम्रो संयोजक कमरेडले भनेजस्तै स्टन्ट गरेको भरमा नेपाली जनता अब भ्रमित हुँदैनन्,’ उनले भने ।

नयाँ राजनीतिक दल र पात्रहरूको उदयका पछाडि एउटा भयानक र रहस्यमयी शक्ति खडा भइरहेको उनको विश्लेषण छ ।

‘यिनीहरूका पछाडि एउटा भयानक तागत खडा भइरहेको छ । तर मलाई के विश्वास छ भने आजको उपस्थिति र उत्साहले पनि सिन्धुपाल्चोक जिल्ला हाम्रो किल्ला हो । जहाँ हामी २०६४ सालदेखि समर्पण छौँ । हामी नै संस्थापन हो,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?