+
+
Shares

सरिता गिरी समाजवादी पार्टीबाट निष्कासित, सांसद पद गयो

अनलाइनखबर अनलाइनखबर
२०७७ असार २३ गते १८:४१

२३ असार, काठमाडौं । समाजवादी पार्टीले नेतृ सरिता गिरीलाई पार्टीबाट निस्कासन गर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको पार्टी कार्यकारीणी समितिको बैठकले गिरीलाई पार्टी र संघीय संसदको सदस्यबाट हटाउने निर्णय गरेको हो । महासचिव रामसहायप्रसाद यादवको नेतत्वमा तीन सदस्यीय कार्यदलको सिफारिस अनुसार निर्णय भएको नेता इस्तियाक राईले जानकारी दिए ।

गिरीले संसदमा पार्टीको हृवीप उल्लंघन गरेकी थिइन् । लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नयाँ नक्साअनुसार निशान छाप परिवर्तन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकमा गिरीले संशोधन हालेकी थिइन् । समाजवादी पार्टीको संसदीय दलले संशोधन फिर्ता लिन र विधेयकको पक्षमा मतदान गर्न निर्देशन दिएपनि उनले अटेर गरेकी थिइन् ।

त्यसलगतै उनलाई कारबाही गर्ने तयारी थियो । यसबारे छानविन गर्न बनेको कार्यदलले पनि त्यसअनुसार नै सिफारिस गरेपछि कार्यकारीणी समितिले त्यसलाई औपचारिकता दिएको छ ।

गिरीले भने पार्टीले षड्यन्त्र गरेर सांसदबाट हटाउने निर्णय गरेको भन्दै अदालत जाने बताएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?