Comments Add Comment

चितवनमा बाढीले बगाएर एक जनाको मृत्यु

फाइल तस्वीर

२७ असार, चितवन । चितवनको माडीमा बाढीले बगाउँदा एक जनाको मृत्युु भएको छ ।

माडी नगरपालिका–८ का पूर्वसिंह तमाङ (सुरज) को मृत्यु भएको हो । उनको शव माडी नगरपालिका–६ सिमरा र कल्याणपुरको बीचमा रिउ खोला नजिक भेटिएको छ ।
रिमाल खोला तर्ने क्रममा उनलाई बगाएको अनुमान गरिएको प्रहरीले जनाएको छ ।

यस्तै भरतपुर महानगरपालिका–२७ दिव्यनगरमा नारायणी नदीले पाँच मिटर ड्याम भत्काएको छ । सात मिटर ड्याममध्ये दुई मिटरमात्र बाँकी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

किन जागे खोकनावासी ?

सडक हो कि खोला ?

Advertisment