+
+
Shares

सडक हो कि खोला ?

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०७७ असार २६ गते १५:५८

२६ असार, काठमाडौं । बुधबारदेखि देशभर निरन्तर वर्षा भइरहेको छ । वर्षाले पहाडी जिल्लामा पहिरोले जनधनको क्षति गर्न थालिसकेको छ भने तराईमा डुवान सुरु भएको छ ।

काठमाडौं उपत्यकामा पनि बुधबारदेखि लगातार वर्षा भइरहेको छ । बिहीबार पनि विहानदेखि पानी परिरहेको छ । लगातारको वर्षाले यहाँ सडकमै भल बगेका छन् भने नदीमा जलसतह बढेको छ ।

सडक र नाला ब्यवस्थित नहुँदा ठाउँठाउँमा सडक नै छोपिने गरी पानी जमेको छ । कतिपय ठाउँमा सडकनै ढाकिने गरी भल बगेको छ ।

चाबहिलमा धोविखोला किनारका सडक पनि यस्तै जलमग्न भएका छन् । सडकमै ठूलो भल बगेका कारण गाडी गुडाउन र मानिस पैदल हिँड्नै समस्या भएको छ ।

हेर्नुहोस् तस्वीरहरु

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?