
२६ असार, बुटवल । अबिरल वर्षाका कारण आएको बाढीले नवलपरासीको प्रतापपुरमा दुई पुल भासिएका छन् । रायपुरा खोलामा आएको बाढीले प्रतापपुर गाउँपालिका ८ फट्की टोलमा रहेका पुल भासिएका हुन् ।
पुल भासिँदा उक्त पुलबाट आवत जावत बन्द भएको स्थानीयले बताएका छन् । खेत र पोखरीमा बाढी पसेपछि माछा बगाएको छ भने धान खेत डुबानमा परेको छ । भारी वर्षाका कारण प्रतापुर गाउँपालिकाका वडा नंं ३ र ८ मा रहेका आधा दर्जन गाउँ डुबानमा परेका छन् ।
बाढीले बाँधसँगै सडकसमेत कटान गरेको छ । रायपुर खोलाले सडक कटान गरेपछि उक्त सडकमा समेत आवतजावत बन्द भएको गाउँपालिकाकी उपाध्यक्ष अञ्जु चौधरीले बताइन् । बाढीका कारण दुई पुलबाट आवतजावत गर्न नमिल्ने गरी भासिएको उनले बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4