+
+
Shares

नवलपरासीमा कुटपिटमा संलग्न पक्राउ गर्न जाँदा प्रहरी गाडीमाथि तोडफोड

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १७ गते २२:२९

१७ वैशाख, काठमाडौं । पश्चिम नवलपरासीमा पुरानो विवादका कारण भएको कुटपिटमा संलग्नलाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि नै हमला भएको छ । उक्त घटनामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको एक–एक गाडीमा तोडफोड भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रवक्ता डीएसपी वीरदत्त पन्तले जानकारी दिए ।

उनका अनुसार आज दिउँसो एक बजेपछि पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–४ हरकपुरामा पुरानो रिसिबीलाई लिएर २० वर्षीय उमेश केवटमाथि कुटपिट भएको थियो । उक्त घटनामा १७ को अब्दुल अन्सारी र १७ वर्षकै आजात अन्सारी संलग्न रहेको प्रहरीमा सूचना प्राप्त भएको थियो ।

सोही सूचनापछि प्रहरी टोली उनीहरूलाई पक्राउ गर्न पुगेको थियो । सो क्रममा प्रहरीले ती दुई जना सहित घटनामा संलग्न अर्को ४३ वर्षीय सलामुदिन मियाँलाई पनि पक्राउ गरेको थियो ।

प्रहरीले उनीहरूलाई पक्राउ गरेपछि २०० जनाको संख्यामा भेला भएर प्रहरीका गाडीमाथि ढुंगामुडा गरेको प्रहरीले जनाएको छ ।

डीएसपी पन्तका अनुसार केहीबेरपछि प्रहरीले स्थिति नियन्त्रणमा लिएर पक्राउ परेकाहरूलाई हिरासतमा राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?