+
+
Shares

पश्चिम नवलपरासीका दुवै क्षेत्रमा रास्वपाको अग्रता 

पश्चिम नवलपरासीका दुवै निर्वाचन क्षेत्रमा रास्वपाले अग्रता लिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २२ गते १३:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पश्चिम नवलपरासी क्षेत्र नम्बर १ मा रास्वपाका विक्रम खनालले एक हजार ५ सय मत पाएर अग्रता लिएका छन्।
  • क्षेत्र नम्बर २ मा रास्वपाका नरेन्द्र कुमार गुप्ताले ५६४ मत पाउँदै अग्रता लिएका छन्।
  • नेपाली कांग्रेसका विनोद चौधरी र भिमबहादुर थापाले क्रमशः ४०१ र ३१२ मत पाएका छन्।

काठमाडौं । पश्चिम नवलपरासीका दुवै निर्वाचन क्षेत्रमा रास्वपाले अग्रता लिएको छ । प्रारम्भिक मतगणनामा क्षेत्र नम्बर १ का उम्मेदवार विक्रम खनाल र क्षेत्र नम्बर २ का उम्मेदवार नरेन्द्र कुमार गुप्ताले अग्रता लिएका हुन् ।

क्षेत्र नम्बर १ का उम्मेदवार खनालले एक हजार ५ सय मत पाएका छन् । दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीले ४०१ मत पाएका छन् ।  एमाले उम्मेदवार रामप्रसाद पाण्डेयले २७९ मत पाउँदा नेपाली कम्युनिस्ट पार्टीकी सिन्धुजलेसा बुढाथोकीले ३७ मत पाएका छिन् ।

यसैगरी नवलपरासी पश्चिम क्षेत्रनम्बर २ मा रास्वपा उम्मेदवार नरेन्द्र कुमार गुप्ताले ५६४ मत ल्याएर प्रारम्भिक अग्रता लिएका छन् । नेपाली कांग्रेसका उम्मेदवार भीमबहादुर थापा क्षेत्रीले ३१२ र नेकपा एमालेका उम्मेदवार लेखनाथ खरेलले २९ मत पाएका छन् ।

जसपा नेपालका देवेन्द्र यादवले २८७ मत पाउँदा राप्रपाका ध्रुवबहादुर प्रधानले १०९ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?