News Summary
Generated by OK AI. Editorially reviewed.- नवलपरासी पश्चिम क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसबाट भीमबहादुर थापाको उम्मेदवारी कायम भएको छ।
- पूर्व गृहराज्यमन्त्री देबेन्द्रराज कंडेल र पूर्वमेयर भीमबहादुर थापाले कांग्रेसबाट उम्मेदवारी दर्ता गरेका थिए।
- निर्वाचन अधिकृत डा. राजेन्द्रप्रसाद आचार्यले दुई दिनको अध्ययनपछि थापालाई आधिकारिक उम्मेदवार घोषणा गर्नुभएको छ।
८ माघ, बुटवल । नवलपरासी पश्चिमको क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसबाट दुई जनाले उम्मेदवारी दर्ता गरेकामा भीमबहादुर थापा भरतको उम्मेदवारी कायम भएको छ । यहाँ पूर्व गृहराज्यमन्त्री देबेन्द्रराज कंडेल र सुनवल नगरपालिकाका पूर्वमेयर थापाले उम्मेदवारी दर्ता गरेका थिए । दुबै जनाले पार्टीबाट टिकट ल्याएर उम्मेदवारी दर्ता गरेपछि आधिकारिता विवाद उत्पन्न भएको थियो । थापाले सुरुमा उम्मेदवारी दर्ता गराएका थिए । उनको प्रस्तावकमा केन्द्रीय सदस्य राधेश्याम पाठक र समर्थक यमलाल भुसाल थिए ।
निर्वाचन अधिकृतको कार्यालयले थापाको उम्मेदवारीलाई ७ नम्बरमा दर्ता गरेको थियो । कँडेलले केही समयपछि उम्मेदवारी दर्ता गरेका थिए । दुवै जनाले आफूलाई आधिकारिक उम्मेदवार दाबी गरेपछि जिल्ला मुख्य निर्वाचन अधिकृत डा. राजेन्द्रप्रसाद आचार्यले दुई दिनको समय लिएर अध्ययन गरी आज थापालाई आधिकारिकता दिएको बताए । कंडेल कांग्रेसमा शेरबहादुर देउवानिकटका नेता हुन् भने थापा सभापति गगनकुमार थापानिकट मानिन्छन् ।
प्रतिक्रिया 4