+
+
Shares

कांग्रेसले अझै टुंग्याउन सकेन ९ क्षेत्रका उम्मेदवार

नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि ९ क्षेत्रबाट अझै उम्मेदवारको नाम टुंग्याउन सकेको छैन । 

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ६ गते १३:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसले १६५ मध्ये ९ निर्वाचन क्षेत्रका लागि अझै उम्मेदवार टुंग्याउन सकेको छैन।
  • कांग्रेसले कैलाली–४, मुस्ताङ, काठमाडौं १, २, ३ र ७, भक्तपुर–१, चितवन–१ र पर्सा २ मा उम्मेदवार तय गर्न बाँकी छ।
  • कैलाली–४ मा निवर्तमान सभापति शेरबहादुर देउवाको गृहप्रदेश भएकाले उम्मेदवार छनोटमा विशेष ध्यान दिइएको छ।

६ माघ, काठमाडौं । नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि ९ क्षेत्रबाट अझै उम्मेदवारको नाम टुंग्याउन सकेको छैन ।

उम्मेदवारहरूको प्राप्त सूचीअनुसार कांग्रेसले १६५ मध्ये अझै ९ निर्वाचन क्षेत्रका लागि उम्मेदवार टुंग्याउन बाँकी देखिएको छ ।

कांग्रेसले निवर्तमान सभापति शेरबहादुर देउवाको गृहप्रदेश सुदूरपश्चिममा पर्ने कैलाली–४ मा अझै उम्मेदवार खडा गर्न सकेको छैन । यसअघि कैलाली–४ बाट प्रदेश सभापति वीरबहादुर बलायरलाई टिकट दिने भनिएको थियो । कांग्रेसले मुस्ताङका लागि पनि उम्मेदवार छनोट गर्न सकेको छैन ।

यस्तै काठमाडौंका निर्वाचन क्षेत्रहरू १, २, ३ र ७ मा पनि उम्मेदवार तय हुन सकेको छैन । कांग्रेसले भक्तपुर–१, चितवन–१ र पर्सा २ मा पनि उम्मेदवार तय गर्न बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?