+
+
Shares

प्रदीप पौडेलको प्रश्न- विधान कार्यान्वयन नगर्नेलाई पुरस्कार दिने कि दण्ड ?

गगन थापा नेतृत्वको नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले शेरबहादुर देउवा नेतृत्वको कांग्रेसका नेताहरूले पार्टी विधान कार्यान्वयन नगरेको भन्दै रोष प्रकट गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २ गते १८:१९

२ माघ, काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले शेरबहादुर देउवा नेतृत्वको कांग्रेसका नेताहरूले पार्टी विधान कार्यान्वयन नगरेको भन्दै रोष प्रकट गरेका छन् ।

शुक्रबार निर्वाचन आयोग परिसरमा पत्रकारहरूसँगको कुराकानीमा पौडेलले पार्टीको विधानअनुसार काम नगर्नेलाई पुरस्कार दिने कि दण्ड भनेर सोधेका हुन् ।

‘केन्द्रीय कार्यसमिति पोलिसी बनाउने ठाउँ होइन, बनेको पोलिसी कार्यान्वयन गर्ने ठाउँ हो,’ उनले भने, ‘विधानले जे गर्न भनेको छ त्यो काम नगर्नेलाई पुरस्कार दिने कि दण्ड ?’

पार्टीको विधानभन्दा माथि कोही नहुने भन्दै उनले थपे, ‘नेतृत्व मात्रै परिवर्तन भएको हो । अनुकूल परिस्थित बनाएर हामी सानेपा जान्छौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?