+
+
Shares

पार्टीको झन्डा ओढेर पार्टी ध्वस्त पारियो : मीन विश्वकर्मा

शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले पार्टीको झन्डा ओढेर पार्टी विभाजन गरिएको भन्दै कटाक्ष गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २ गते १४:३२

२ माघ, काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले पार्टीको झन्डा ओढेर पार्टी विभाजन गरिएको भन्दै कटाक्ष गरेका छन् ।

पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनको सुरुवातमा विश्वकर्माले भदौ २३ र २४ गते राष्ट्रिय झन्डा ओढेर देश ध्वस्त पारिएको र अहिले चुनावको मुखमा पार्टीको झन्डा ओढेर पार्टीलाई ध्वस्त पार्न खोजिएको बताएका हुन् ।

उनले चुनावको मुखमा पार्टीको चुनाव चिह्न कसको, झन्डा कसको भनिरहनुपर्ने दुखद् अवस्था आएको बताएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?