+
+
Shares

आधिकारिकता दाबी गर्न गगन थापा नेतृत्वको पदाधिकारी आयोग जाँदै

नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापासहितको टोली आज पनि निर्वाचन आयोग जाने भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २ गते १३:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापासहितको टोली आज निर्वाचन आयोग जान लागेको छ।
  • बिहीबार सभापति थापा र उपसभापतिद्वय विश्वप्रकाश शर्मा निर्वाचन आयोगमा पार्टीको नयाँ कार्यसमिति विवरण अद्यावधिक गर्न पत्र बुझाएका थिए।
  • शेरबहादुर देउवा नेतृत्वको कांग्रेसका नेताहरूले पनि बिहीबार निर्वाचन आयोगमा आधिकारिकता आफूहरूकै रहेको दाबी गरेका थिए।

२ माघ, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापासहितको टोली आज पनि निर्वाचन आयोग जाने भएको छ ।

यसअघि बिहीबार पनि सभापति थापा, उपसभापतिद्वय विश्वप्रकाश शर्मा, पुष्पा भुसालसहित नेताहरू निर्वाचन आयोग पुगेका थिए । उनीहरूले पार्टीको विशेष महाधिवेशन सम्पन्न भएको र विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वको नयाँ कार्यसमिति चयन भएर आएको विवरण अध्यावधिक गर्न आयोगसमक्ष अनुरोधसहित पत्र बुझाएका थिए ।

आजमात्रै शेरबहादुर देउवा नेतृत्वको कांग्रेसका नेताहरू पूर्णबहादुर खड्का, शशांक कोइराला, शेखर कोइरालालगायत निर्वाचन आयोग पुगेका थिए । उनीहरूले बिहीबार गगन-विश्वसहितले जस्तै कांग्रेसको आधिकारिकता आफूहरू नै रहेको दाबी गरेका थिए ।

केन्द्रीय सदस्य प्रतिमा गौतमका अनुसार आधिकारिकताको दाबीका लागि थापा नेतृत्वको पदाधिकारी नै आयोग जान लागेको हो । २ बजे थापा नेतृत्वको समितिका पदाधिकारी निर्वाचन आयोग जान लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?