Comments Add Comment

१० दिनमै बढाइयो पेट्रोल-डिजेलको मूल्य

२६ असार, काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर एक रुपैयाँले वृद्धि गरेको हो ।

सरकारले असार १६ गते पनि पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । १० दिनकै बीचमा पेट्रोलको मूल्य लिटरमा ६ र डिजेलमा ३ रुपैयाँले बढेको छ ।

अब पेट्रोलको मूलय लिटरको १०२ रुपैयाँ पुगेको निगम प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । डिजेल र मटितेलको मूल्य प्रतिलिटर ८८ रुपैयाँ  भएको छ । हवाई इनधन र खाना पकाउने ग्यासको मूल्य यथावत राखिएको छ ।

यो पनि पढ्नुहोस निगमको मनपरी : भाउ घटुन्जेल लकडाउनको बहाना, नाफा घटेपछि मूल्यवृद्धि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment