+
+
Shares

ठगी आरोपमा समातिए ‘ज्योतिषी’ अर्जुन क्षेत्री

अनलाइनखबर अनलाइनखबर
२०७७ असार २६ गते ९:५४

२६ असार, काठमाडौं । आफूलाई ज्योतिषी बताउने अर्जुन क्षेत्री पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालको सह–सचिव हुँ भनेर ठगी गरेको अभियोगमा क्षेत्री पक्राउ परेका हुन् ।

विशेष सूचनाका आधारमा अख्तियार र महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले उनलाई पक्राउ परेको हो ।

आयोगका प्रवक्ता प्रदीप कोइरालाले भने आफूले क्षेत्री पक्राउबारे जानकारी आइनसकेको बताउँदै बुझिरहेको बताएका छन् ।

एक प्रहरी अधिकृतका अनुसार उनले विद्युत् प्राधिकरणले खरिद गरेका जग्गामा घोटाला भएको भन्दै चार करोड रुपयाँ माग गरेका थिए । बार्गेनिङ क्रममा ५० लाखमा लेनदेन सहमति भइसकेपछिको अवस्थामा क्षेत्री पक्राउ परेका हुन् ।

ठूलो भूकम्प जाँदैछ भनेर अफवाह फैलाएको आरोपमा उनी २१ जेठ २०७६ मा पनि पक्राउ परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?