
२७ असार, काठमाडौं । बाढीपहिरोले नेपालमा पुर्याएको धनजनको क्षतिप्रति भारत र पाकिस्तानले दुःख व्यक्त गरेका छन् ।
पाकिस्तानका विदेशमन्त्री मोहम्मद कुरैशीले ट्वीट गरेर दुःखको घडीमा नेपाली जनताको साथमा रहेको बताएका छन् ।
विदेशमन्त्री कुरैशीले ट्वीटरमा लेखेका छन्, ‘बाढी र पहिरोले उत्पन्न संकटप्रति हामी नेपाली जनताप्रति समवेदना व्यक्त गर्दछौं । हामी नेपाली जनताको साथमा छौं र प्रभावित परिवारका लागि प्रार्थना गर्दछौं ।’
At this time of distress due to flooding and landslides, we extend our heartfelt sympathies and condolences to the people of Nepal. We stand in solidarity with the Nepalese people and pray for the families affected by this calamity. @PradeepgyawaliK
— Shah Mahmood Qureshi (@SMQureshiPTI) July 10, 2020
यसैगरी नेपालस्थित भारतीय दूतावासले पनि ट्वीट गर्दै नेपालका बिभिन्न जिल्लामा बाढी पहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेको छ ।
‘सिन्धुपाल्चोकलगायत नेपालका बिभिन्न जिल्लामा बाढी र पहिरोको कारण भएको जनधनको क्षतिप्रति दुःखी छौं,’ भारतीय दूतावासले लेखेको छ, ‘आफन्त गुमाएका परिवारप्रति समवेदना र प्रभावित परिवारप्रति सहानुभूति व्यक्त गर्दछौं ।’
शुक्रबार साँझ ७ बजेसम्म नेपालका ८ जिल्लामा गएको बाढी र पहिरोमा परेर २३ जनाको मृत्यु भएको छ भने ३६ जना बेपत्ता छन् । २६ जना घाइते भएका छन् ।
बुधबार राति मात्रै सिन्धुपाल्चोक जिल्लामा बाढीपहिरोमा परेर २ जनाको मृत्यु भएको थियो भने २० जना वेपत्ता भएका छन् । बाढी पहिरोले पुल, सडकलगायतका भौतिक संरचनामा पनि ठूलो क्षति पुगेको छ ।
प्रतिक्रिया 4