+
+
Shares

ब्रोड पिकमा ज्यान गुमाएका तीन आरोहीको शव ल्याइयो (तस्वीरहरू)

गत साउन १४ गते गएको हिमपहिरोमा परी ज्यान गुमाएका किली पेम्बा शेर्पा ‘किलु’, ग्यालु शेर्पा र निमा शेर्पाको शव हवाई विमानमार्फत आज काठमाडौं ल्याइपुर्‍याइएको हो।

आर्यन धिमाल आर्यन धिमाल
२०८३ साउन २६ गते १८:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पाकिस्तानको ब्रोड पिकमा गएको हिमपहिरोमा परी ज्यान गुमाएका तीन नेपाली पर्वतारोहीको शव आज काठमाडौँ ल्याइएको छ।
  • गत साउन १४ गते गएको हिमपहिरोमा परी किली पेम्बा शेर्पा, ग्यालु शेर्पा र निमा शेर्पाको निधन भएको थियो।
  • परराष्ट्र मन्त्रालयका अनुसार दुर्घटनास्थलबाट अझै एक नेपाली, एक पाकिस्तानी र एक अमेरिकी नागरिकको शव फिर्ता ल्याउन बाँकी रहेको छ।

२६ साउन, काठमाडौँ । पाकिस्तानको ब्रोड पिकमा गएको हिमपहिरोमा परी ज्यान गुमाएका तीन नेपालीको शव आज काठमाडौं ल्याइपुर्‍याइएको छ। गत साउन १४ गते गएको हिमपहिरोमा परी ज्यान गुमाएका किली पेम्बा शेर्पा ‘किलु’, ग्यालु शेर्पा र निमा शेर्पाको शव हवाई विमानमार्फत आज काठमाडौं ल्याइपुर्‍याइएको हो।

दुर्घटनामा ज्यान गुमाएका पुरबहादुर गुरुङ ‘युक्त’को शव भने साउन २१ गते नै नेपाल ल्याइएको थियो। उनको अन्त्यष्टिसमेत भइसमेको छ। सोही हिमपहिरोमा ज्यान गुमाएका कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जाको शव भने बेलायत लगियो। उनको परिवार बेलायतमै रहेकाले शव पनि बेलायत नै लगिएको हो।

दुर्घटनास्थलबाट अझै एक नेपाली, एक पाकिस्तानी र एक अमेरिकी आरोही गरी तीन जनाको शव फिर्ता ल्याउन बाँकी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

दुर्घटनामा ६ नेपालीसहित १० जनाको ज्यान गएको थियो।

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?