News Summary
Generated by OK AI. Editorially reviewed.- वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमलको राजकीय सम्मानका साथ जनकपुरधामको स्वर्गद्वारीक श्मशान घाटमा अन्त्येष्टि गरिएको छ ।
- अन्त्येष्टिमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलसहित प्रदेशका उच्च पदाधिकारीहरूको सहभागिता रहेको थियो ।
- नेपाली, मैथिली र अंग्रेजी भाषाका ज्ञाता ७९ वर्षीय बिमलको गए राति निधन भएको थियो ।
२६ साउन, जनकपुरधाम । वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमलको राजकीय सम्मानको साथ अन्त्येष्टि गरिएको छ । जनकपुरको स्वर्गद्वारीक श्मशान घाटमा मंगलबार अन्त्येष्टि गरिएको हो । दागबत्तीको बेला उनको सम्मानमा प्रहरीले सलामी दिएको छ ।
दागबत्ती उनको जेष्ठ पुत्र आभास लाभले दिएका छन् ।
अन्त्येष्टि तथा शव यात्रामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेल (गणेश) सहित सहभागी भएका थिए । उनल घरमै पुगेर श्रद्धाञ्जली समेत दिएका थिए ।
अन्त्येष्टि अघि जनकपुरधाम उपमहानगरपालिका १० देवीचोक स्थित घरबाट शव यात्रा निकालिएको थियो । नगरको विभिन्न भागको परिक्रमापछि शव श्रद्धाञ्जलीका लागि कहीबेर जनकचौकमा समेत राखिएको थियो ।
वरिष्ठ साहित्यकार बिमलको गए राति ७९ वर्षको उमेरमा निधन भएको थियो ।

उनको अन्त्येष्टिमा दिवंगत बिमलका भाइ समेत रहेका मधेश प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ, मधेश प्रदेशका सभामुख रामआशिष यादव, मधेशका शिक्षा तथा संस्कृति मन्त्री मनोजकुमार सिंह, भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री श्यामप्रसाद पटेल, श्रम तथा यातायात मन्त्री शारदादेवी थापा, प्रतिनिधिसभा सदस्य मनिष झा लगायत सहभागी भएका थिए ।
बिमल नेपाली, मैथिली, अंग्रेजी भाषामा थुप्रै साहित्यिक विद्यामा कलम चलाएका छन् । भाषा विज्ञानमा विद्यावारिधि गरेका उनले नेपाली, मैथिली र हिन्दी विषयमा स्नाकोत्तर रहेका थिए । उनी २०२९ सालदेखि नै त्रिभुवन विश्वविद्यालयमा नेपाली विषयमा अध्यापनमा जोडिएका थिए । जगदम्बा श्री पुरस्कार, मधुपर्क लगायत थुप्रै सम्मानबाट उनी विभूषित समेत भएका थिए ।

प्रतिक्रिया 4