+
+
Shares

गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित

सभामुख अर्यालका अनुसार, ६९ जना सांसद हुनुपर्नेमा ६१ जनामात्रै बैठकमा रहेकाले स्थगित गरिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २६ गते २०:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रतिनिधिसभा बैठकमा गणपुरक सङ्ख्या नपुगेपछि आजको बैठक स्थगित भएको छ ।
  • कांग्रेस सांसद निश्कल राईले बैठकमा गणपुरक सङ्ख्याको प्रश्न उठाएपछि सभामुखले गणना गर्न आदेश दिनुभएको थियो ।
  • बैठक सञ्चालनका लागि ६९ सांसद आवश्यक पर्नेमा ६१ जनामात्र उपस्थित रहेकाले बैठक स्थगित गरिएको सभामुख डोलप्रसाद अर्यालले जानकारी दिनुभयो ।

२६ साउन, काठमाडौं । गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।

नेपाली कांग्रेसका सांसद निश्कल राईले प्रतिनिधिसभा बैठकमा गणपूरक संख्यामाथि प्रश्न उठाउँदै गणना गर्न आग्रह गरेका थिए ।

तीन मिनेटसम्म घण्टी बजाउँदा गणपुरक संख्या नपुगेपछि सभामुख डोलप्रसाद अर्यालले बैठक स्थगित गरेका हुन् । सभामुख अर्यालका अनुसार, ६९ जना सांसद हुनुपर्नेमा ६१ जनामात्रै बैठकमा रहेकाले स्थगित गरिएको हो ।

खानीसम्बन्धी विधेयक विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची थियो । यो प्रस्तावमा गणपुरक संख्या पुगेको खण्डमा सांसदहरूले ७२ घण्टाभित्र संशोधन हाल्ने समय सुरु हुन्थ्यो ।

अब अर्को बैठकमा गणपुरक संख्या पुगेपछि मात्रै यो प्रस्तावमाथिको कार्यसूची अघि बढ्नेछ । भदौ १ गते सम्मका लागि बैठक स्थगित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?