+
+
WC Series
विराटनगर किंग्स 2025
126/10 (16.5)
VS
Chitwan won by 48 runs
Won चितवन राइनोज 2025
174/5 (20)
Shares

सिन्धुपाल्चोक बाढी अपडेट : २ जनाको मृत्यु, २० बेपत्ता

२० भन्दा बढी घर बगायो, ठाउँ ठाउँमा राजमार्ग अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०७७ असार २५ गते २२:१०

२५ असार, काठमाडौं । सिन्धुपाल्चोकमा अत्यधिक वर्षापछि आएको बाढीले बगाउँदा २ जनाको मृत्यु भएको छ भने २० जना बेपत्ता भएका छन् । बाढीका कारण ५ जना गम्भीर घाइते भएका छन् ।

बाढीले २० भन्दा बढी घर बगाएको छ, ठाउँठाउँमा अरनिको राजमार्ग कटानका कारण अवरुद्ध भएको छ, आधा दर्जन जति सवारी साधनमा बाढीले क्षति पुर्‍याएको छ ।

स्थानीय जम्बु खोलामा बाढी आउँदा बाह्रबिसे नगरपालिका–५ का २० वर्षका निकेश बस्नेत र उनकी डेढ वर्षकी छोरी निउना बस्नेतको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए । निकेशकी पत्नी सविना बस्नेत गम्भीर घाइते भएकी छन् ।

जम्बु खोलाको बाढीले बाह्रबिसे नगरपालिका- ५ मा र बुलुकुटे ठाडो खोलाले भोटेकोशी गाउँपालिका-५ मा बढी क्षति पुगेको छ । बाह्रबिसे-५ जम्बु बजारमा १६ जना र भोटेकोशी गाउँपालिकामा ४ जना बेपत्ता भएका छन् ।

बाह्रबिसे नगरपालिका–५ जम्बुका भीमबहादुर वाइवा, चिनमाया वाइवा, लीलामाया वाइवा, पासाङ डोल्मा वाइवा, निमा डोल्मा वाइवा, लक्ष्मण वाइवा, सनमाला वाइवा, जनकबहादुर थिङ, सविना तामाङ, आकाश तामाङ, तोकबहादुर तामाङ, सलिनी तामाङ, सुवेश तामाङ र युक्तबहादुर तामाङ बेपत्ता भएका प्रहरीले जनाएको छ । त्यस्तै, मध्यभोटेकोशी हाइड्रोपावर कम्पनीका सेक्रेटरी हिमेश शर्मा, जाइकाका इन्जिनियर आकाश केसी पनि बेपत्ता भएको डीएसपी काफ्लेले जानकारी दिए ।

भोटेकोशी गाउँपालिका–५ मा बुलुकुटे झ्यालेस्थित बुलुकुटे ठाडो खोलामा बाढी आउँदा ६० वर्षका निमा दोर्जे तामाङ, उनकी बुहारी २७ वर्षकी मञ्जु तामाङ, नातिनीहरू ९ वर्षकी पासाङ नुर्बु तामाङ र ६ वर्षकी साहिल तामाङ बेपत्ता भएका छन् । नुर्बुको घर बगाउँदा उनका छोरा फुर्वा र उनकी १० दिनकी छोरी पनि घाइते भएकी छन् । त्यहाँ एउटा डोजर र एउटा जिपमा क्षति भएको छ ।

बाढीका कारण बाह्रबिसे–५ जम्बुमा ५ जना घाइते भएका छन् । यहाँ बाढीले १५ वटा घरमा क्षति पुर्‍याएको छ।

बाह्रबिसे नगरपालिका–३ खुर्सानीबारीमा भोटेकोशी नदीले अरनिको राजमार्ग कटान गरेका कारण आवतजावत अवरुद्ध भएको छ ।

त्यस्तै, खागदल भन्ने ठाउँमा अरनिको राजमार्गमा रहेको पक्की पुल खागदल खोलाले १५ मिटर कटान गरेको छ । त्यहाँ १०/११ वटा घर, एउटा ग्यारेज, एउटा गाडी, एउटा ट्यांकर, सडक विभागको अलकत्रा बोक्ने एउटा ट्रक र बस बगाएको छ ।

त्यस्तै बाह्रबिसे नगरपालिका–८ जुरे नजिक भोटेकोशी नदीले १०० मिटर सडक कटान गरेको छ । सिन्धुपाल्चोककै बलेफी गाउँपालिका–७ मा पाँच वटा घर बगाएको छ ।

भोटेकोशी गाउँपालिका– ५ मै झ्यालेखोलाले ठाउँ ठाउँमा सडक कटान गरेको छ । बाढीले ल्याएको माटोका थुप्रिएका कारण कारण अरनिको राजमार्ग अवरुद्ध भएको डीएसपी काफ्लेले जानकारी दिए । बेपत्ताहरुको खोजी भइरहेको उनले बताए ।

सभामुख पुगे बाढी प्रभावित क्षेत्रमा 

सभामुख अग्निप्रसाद सापकोटा बिहीबार बाढी प्रभावित क्षेत्रमा पुगेका छन् । घटना थाहा पाएपछि उनी बिहीबार दिउँसो बाह्रबिसे नगरपालिका- ५ जम्बु क्षेत्रमा पुगेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?