+
+
Shares

पाकिस्तान : स्क्याम सेन्टरमा छापा मार्दा २५८ विदेशी पक्राउ

पक्रउ पर्नेमा करिब ४० जना चिनियाँ नागरिक समेत रहेको बताइएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १ गते १८:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पाकिस्तानको राजधानी इस्लामाबादमा सञ्चालित एक अवैध ‘स्क्याम कल सेन्टर’ मा छापा मारी प्रहरीले २५८ विदेशी नागरिकलाई पक्राउ गरेको छ।
  • पक्राउ पर्नेमा ४० चिनियाँ, १७० भियतनामी र अन्य देशका नागरिक रहेको पाकिस्तानी सङ्घीय गुप्तचर निकायका अधिकारीले जानकारी दिएका छन्।
  • अधिकारीका अनुसार पर्यटक भिसामा आएका ती व्यक्तिहरूलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको छ र यस विषयमा सम्बन्धित दूतावासहरूलाई जानकारी दिइएको छ।

१ भदौ, इस्लामाबाद (रासस/एएफपी) । पाकिस्तानको राजधानी इस्लामाबादमा रहेको एक कथित ‘स्क्याम कल सेन्टर’ मा छापा मार्दा अवैध कार्य गर्ने २५८ विदेशीलाई पक्राउ गरिएको अधिकारीहरूले सोमबार बताएका छन् । पक्रउ पर्नेमा करिब ४० जना चिनियाँ नागरिक समेत रहेको बताइएको छ ।

‘उनीहरू इस्लामाबादको बाहिरी क्षेत्र गुलबर्ग ग्रीन नामक आवासीय क्षेत्रमा स्क्याम कल सेन्टर सञ्चालन गर्दै थिए,’ पाकिस्तानी सङ्घीय गुप्तचर सेवा तथा अनुसन्धान निकायका एक अधिकारीले एएफपीसँग भने।

उनले भने, ‘उनीहरू पर्यटक भिसामा पाकिस्तान आएका थिए र उनीहरूले जे गरिरहेका थिए त्यो गर्न उनीहरूलाई अनुमति थिएन।’

पक्राउ परेकाहरूमध्ये भियतनामका १७० जनासहित मलेसिया र अन्य देशका नागरिकहरू छन् । उनीहरूलाई रावलपिण्डी जेलमा राखिएको छ ।

अधिकारीले भनेका छन्, ‘सम्बन्धित दूतावासहरूलाई जानकारी दिइएको छ र अनुसन्धान जारी रहेकाले पक्राउ परेकाहरूविरुद्धका आरोपका विवरण आउँदा दिनहरूमा सार्वजनिक गरिनेछ ।’

सम्भावित परिणामहरूमा संलग्न व्यक्तिहरूलाई देश छोड्न निर्देशन गर्ने घोषणसम्म पनि समावेश हुन सक्ने अधिकारीले थपे।

मिडिया रिपोर्टहरू अनुसार विदेशीहरूलाई गत साता पक्राउ गरिएको थियो। एएफपीले यी पक्राउबारे टिप्पणी माग्दै चिनियाँ विदेश मन्त्रालयलाई सम्पर्क गरेको छ।

सन् २०२५ जुलाईमा पनि यस्तै छापा मारिएको थियो जसमा ‘पन्जी स्किम र लगानी ठगीसँग सम्बन्धित ठूलो कल सेन्टर’ मा काम गरेको आरोपमा अधिकांश चिनियाँसहित ७१ विदेशी गरी १४९ जना पक्राउ परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?