Photo Credit : AFP/File
News Summary
Generated by OK AI. Editorially reviewed.- पाकिस्तानको बलुचिस्तान प्रान्तमा सुरक्षा बलले सञ्चालन गरेको गुप्तचर कारबाहीमा १५ जना लडाकु मारिएका छन् ।
- पाकिस्तानी सेनाको इन्टर–सर्भिसेज पब्लिक रिलेसन्सका अनुसार मास्तुङ र बोलानसहितका आठ जिल्लामा उक्त सैन्य कारबाही सम्पन्न भएको हो ।
- कारबाहीका क्रममा ठूलो परिमाणमा हतियार बरामद गर्दै सुरक्षा बलले आतङ्कवाद उन्मूलन नभएसम्म कारबाही जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा सुरक्षा बलले सञ्चालन गरेका विभिन्न गुप्तचरमा आधारित कारबाहीमा १५ जना लडाकु मारिएका छन् ।
पाकिस्तानी सेनाको सञ्चार शाखा इन्टर–सर्भिसेज पब्लिक रिलेसन्स (आइएसपीआर)का अनुसार प्रान्तका मास्तुङ, बोलान, वाशुक, अवारान, सिबी, खुजदार, हरनाई र नुश्की जिल्लामा ती कारबाही सञ्चालन गरिएको हो ।
कारबाहीका क्रममा १५ जना लडाकु मारिनुका साथै उनीहरूको साथबाट ठूलो परिमाणमा हतियार तथा गोलाबारुद बरामद गरिएको आईएसपीआरले जनाएको छ ।
सुरक्षा कारबाहीबाट लडाकूहरूको सञ्जालमा ठूलो क्षति पुगेको तथा उनीहरूको गतिविधि र आवतजावतमा अवरोध सिर्जना भएको सेनाले जनाएको छ ।
पाकिस्तानी सुरक्षा बलले आतंकवाद पूर्ण रूपमा उन्मूलन नभएसम्म लडाकूविरुद्धका कारबाही निरन्तर जारी राख्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4