News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालका लागि पाकिस्तानी राजदूत अबरार हाशिमीले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार तथा बिदाइ भेटवार्ता गर्नुभएको छ ।
- राष्ट्रपति पौडेलले कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा राजदूत हाशिमीलाई बधाई ज्ञापन गर्नुभयो ।
- राष्ट्रपति पौडेलले आगामी दिनमा नेपाल र पाकिस्तानबीचको द्विपक्षीय सम्बन्ध अझै सुमधुर हुने विश्वास व्यक्त गर्नुभयो ।
१७ असार, काठमाडौं । नेपालका लागि पाकिस्तानी राजदूत अबरार हाशिमीले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।
उनीहरूबीच बुधबार दिउँसो राष्ट्रपति कार्यालयमा भेटवार्ता भएको उनको सचिवालयले जनाएको छ ।
पाकिस्तानी राजदूत हाशिमीको यो बिदाइ भेट पनि हो ।
कार्यकाल सकेर फर्कंदै गरेका राजदूत हाशिमीलाई राष्ट्रपति पौडेलले सफलतापूर्वक कार्यकाल सफल पारेकोमा बधाइ दिए ।
साथै, आगामी दिनमा नेपाल र पाकिस्तानबीचको सम्बन्ध अझै सुमधुर हुने विश्वास राष्ट्रपति पौडेलले गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4