Comments Add Comment

ओभरटेक गर्न खोज्दा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

२७ असार, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका–९ शंकरपुर चोकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

दुर्घटनामा सिद्वार्थ नगरपालिका–१ बेलहियाका २३ वर्षीय संयोग शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी खड्गबहादुर खत्रीले जानकारी दिए ।

बुटवलबाट भैरहवा जाँदै गरेको ना ५ ख ७८०६ नं.को ट्रकलाई सोही दिशातर्फ जाँदै गरेको लु २४ प ३२५४ नं.को मोटरसाइकलले शंकरपुरचोकमा ओभरटेक गर्ने क्रममा दुर्घटना हुँदा गम्भीर घाइते भएका शेर्पाको उपचारका क्रममा क्रिमसन अस्पताल मणिग्राममा मृत्यु भएको हो ।

मृतक शेर्पा मोटरसाइकलको पछाडि बसेका व्यक्ति हुन् । मोटरसाइकल चालक बेलहियाकै २० वर्षीय मुकुल लामाको अवस्था गम्भीर छ । उनको टाउकोमा चोट लागेको छ ।

ट्रक चालक बारा जितपुरका २६ वर्षीय सुरज प्रताप सर्राफ र ट्रकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment