+

शीर्ष चारकाे हाेडमा लेस्टर र युनाइटेड

२०७७ साउन  २ गते ८:०५ २०७७ साउन २ गते ८:०५
शीर्ष चारकाे हाेडमा लेस्टर र युनाइटेड

२ साउन, काठमाडौं । प्रिमियर लिगकाे शीर्ष चारमा रहँदै अर्काे सिजन च्याम्पियन्स लिग खेल्ने हाेडमा रहेका लेस्टर सिटी र म्यानचेष्टर युनाइटेडले पछिल्लाे खेलमा जित हात पारेका छन् ।

लेस्टरले शेफिल्ड युनाइटेड र म्यानचेष्टर युनाइटेडले क्रिस्टल प्यालेसलाई समान २-० ले पराजित गरेकाे हाे ।

लेस्टरका लागि आयाेज पेरेज र डेमेराई ग्रे ले गाेल गरे । युनाइटेडका लागि मार्कुस रासफाेर्ड र एन्टाेली मार्टियलले गाेल गरे ।

जितपछि दुवै टिमले समान खेलबाट समान अंक जाेडेका छन् ।

लिगमा अब दुई खेल बाँकी रहँदा लेस्टर र युनाइटेडले ३६ खेलबाट समान ६२ अंक जाेडेकाे छ । लेस्टर गाेल अन्तरमा अघि रहेर चाैथाे स्थानमा छ भने युनाइटेड पाँचाैमा छ । ३६ खेलबाट ६३ अंकसहित चेल्सी तेस्राे स्थानमा छ ।

यी तीनमध्ये दुई टिमले अर्काे सिजन च्याम्पियन्स लिग खेल्ने पक्का छ ।

प्रिमियर लिग म्यानचेष्टर युनाइटेड लेस्टर सिटी

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय