Comments Add Comment

पूजाको प्रश्न–‘के भारतको फिल्म क्षेत्र खुलेपछि मात्र हाम्रो खुल्ने हो ?’

सरकारले मंगलबार राती १२ बजेबाट लक डाउन अन्त्य भएको घोषणा गरेको छ । तर, लकडाउन अन्त्य भएपनि केही क्षेत्र भने खुलेका छैनन् । चलचित्र क्षेत्रको बिषयमा अहिलेसम्म कुनै पनि निर्णय भएको छैन ।

अधिकांश क्षेत्र खुलिसक्दा पनि चलचित्र क्षेत्रको बिषयमा निर्णय नहुँदा विभिन्न खालका प्रश्नहरु उठेका छन् । चलचित्र क्षेत्रमा विभिन्न मानिसहरुले पनि यो बिषयमा प्रश्न सोझाउन थालेका छन् ।

नायिका पूजा शर्माले भारतको चलचित्र क्षेत्र खुलेपछि मात्र नेपालको चलचित्र क्षेत्र खोल्नुपर्ने हो भनेर प्रश्न गरेकी छिन् । पूजा लेख्छिन्–‘चलचित्र क्षेत्र चलायमान गर्न हामी कती गम्भिर छौ ? बजार खुलिसके, यातायात खुलिसके, सरकारले एक प्रकारले लकडाउन अन्त्य भएको घोषणा गरेको छ तर न त सरकार न त चलचित्र क्षेत्रका नेतृत्व वर्ग अब चलचित्र क्षेत्र सुचारु गर्ने तत्परतातर्फ अग्रसर देखिएका छन् । के भारतको चलचत्रि क्षेत्र खुलेपछि मात्र नेपालमा खोल्नुपर्ने हो ?’

पूजाले नेपाली चलचित्रको आफ्नो छुट्टै अस्तीत्व छैन भन्दै नेपाली चलचित्रले नै यो क्षेत्र चलायमान हुन नसक्ने हो भनेर प्रश्न सोझाएकी छिन् । यो बिषयमा बहस गर्न र सरकारलाई दबाब दिन पनि पूजाले सबै चलचित्रकर्मीसँग आग्रह गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment