+
+
Shares

बाढीले बगाउँदा रौतहटमा युवकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन ७ गते १४:४८

७ साउन, रौतहट । लालबकैया नदीमा आएको बाढीले बगाउँदा रौतहटको कटहरियामा एक जनाको मृत्यु भएको छ ।

कटहरिया नगरपालिका– १ भसेडवामा २५ वषैका बैजु यादवलाई खोलाले बगाएको रौतहटका प्रहरी प्रवक्ता डीएसपी भरत श्रेष्ठले बताए ।

बाढीले ल्याएको काठ दाउरा झिक्ने क्रममा उनलाई पानीले बगाएको उनले जानकारी दिए ।

मंगलबार चन्द्रपुर नगरपालिका– ३ गैडाटारमा चादी नदीले बगाएका ५८ वर्षका सुकमान थिङ्ग मृत अवश्थामा फेला परेका थिए । यो सँगै रौतहटमा बाढीका कारण मृत्यु हुनेको संख्या दुई पुगेको डीएसपी श्रेष्ठले बताए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?