Comments Add Comment

चिनियाँ वैज्ञानिक सन्फ्रान्सिस्कोस्थित दूतावासमा लुकेको एफबीआईको दाबी

८ साउन, काठमाडौं । अमेरिकी गुप्तचर संस्था एफबीआईले चिनियाँ सैनाकी वैज्ञानिक टाङ जुआन सन्फ्रान्सिस्कोको चिनियाँ महावाणिज्य दूतावासमा लुकेर बसेको बताएको छ । उनीमाथि भिसा लिन गलत विवरण दिएको आरोप छ । अमेरिकाले टेक्सासको होउस्टनमा रहेको महावाणिज्य दूतावास बन्द गर्न निर्देशन दिएको भोलिपल्ट एफबीआईले यस्तो बताएको हो ।

सीएनएनका अनुसार जीव विज्ञान अध्ययन गरेकी जुआनले भिसा लिँदा आफ्नो चिनियाँ सेनासँगको सम्बन्ध उल्लेख गरेकी थिइनन् । साथै उनले अमेरिकाको भिसा लिएपछि सन्फ्रान्सिस्कोमा रहेको चिनियाँ महावाणिज्य दूतावासमा शरण लिएर गिरफ्तारीबाट बच्न खोजेको अभियोजनकर्ताहरुले बताएका छन् ।

अदालतमा जुआनविरुद्ध गत जुन २६ मा मुद्दा दायर गरिएको थियो । अभियोजनकर्ताले उनीमाथि भिसा लिन गलत विवरण दिएको भन्दै मुद्दा दायर गरेका थिए । उनले भिसा लिने बेलामा आफ्नो चिनियाँ सेनासँग कुनै सम्बन्ध नरहेको बताए पनि अनुसन्धानकर्ताहरुले उनको चिनियाँ सेनासँगको सम्बन्ध रहेको फोटो फेला पारेका थिए । साथै उनी फोर्थ मिलिट्रि मेडिकल युनिभर्सिटीको एक शोधकर्ता रहेको पनि उनीहरुले पत्ता लगाएका थिए ।

पछिल्लो समय चीन–अमेरिकाबीच तनावको अवस्था सृजना भएको अवस्थामा अमेरिकी गुप्तचर संस्थाले यस्तो यस्तो बताएको हो ।

स्रोत : सीएनएन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment