Comments Add Comment

एमसीसी अनुमोदनबारे अमेरिकी चासो

११ साउन, काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) संसदबाट अनुमोदन हुने नहुने विषयमा अमेरिकाले चासो देखाएको छ ।

उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेलसँग आइतबार भएको भेटमा अमेरिकी राजदूत र्‍याण्डी बेरीले एमसीसी अनुमोदनबारे सामान्य चासो राखेको स्रोतले जानकारी दिएको छ ।

भेटमा राजूदत बेरीले अमेरिकाले पहिलेदेखि नै नेपाललाई विभिन्न सहयोग उपलब्ध गराउँदै आएको र अमेरिका नेपालको राष्ट्रियता र सार्वभौमसत्ताको पक्षमा रहेको बताएका थिए ।

तीन पटक दर्ता भएर पनि एमसीसी कम्प्याक्ट संसदबाट अनुमोदन भएको छैन । यसलाई अनुमोदन गर्ने कि नगर्ने भन्ने विषयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रै दुई धार देखिन्छ ।

कोभिड–१९ बारे छलफल

नोवेल कोरोना भाइरस (कोभिड–१९) लक्षित लकडाउन खोलेको विषयमा पनि बेरीले उपप्रधानमन्त्री पोखरेलसँग जिज्ञासा राखेका थिए । अमेरिकाले लकडाउन नगर्दा कोरोना फैलिएको बेरीको भनाइ थियो ।

छिमेकी भारतमा संक्रमित संख्या बढी रहेका बेला नेपालले लकडाउन खोलेको विषयमा उनले चासो देखाएको रक्षा मन्त्रालयका प्रवक्ता दलबहादुर सुनार बताउँछन् ।

उपप्रधानमन्त्री पोखरेलले भने कोरोनाको संक्रमण हेरेर स्थानीय तहले लकडाउन गर्न सक्ने धारणा राखेका थिए । ‘लकडाउन खुले पनि आवश्यक सतर्कता अपनाएका छौं’ पोखरेललाई उधृत गर्दै प्रवक्ता सुनारले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment