Comments Add Comment

इटालीमा साढे दुई प्रतिशत मानिसमा मात्र कोरोना एन्टिबडी

२० साउन, काठमाडौं । इटालीका दुई दशलव ५ प्रतिशत अर्थात् १४ लाख ८२ हजार मानिसमा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको एन्टिबडी विकास भएको हुन सक्ने सरकारी अध्ययनले देखाएको छ । सोमबार सार्वजनिक भएको राष्ट्रिय सर्वेक्षणअनुसार इटालीमा कोरोना भाइरसबाट सबैभन्दा प्रभावित बनेको उत्तरी क्षेत्र लम्बार्डीका सात दशमलव ५ प्रतिशत मानिसमा कोरोना भाइरसविरुद्धको एन्टिबडी पाइएको हो । साथै इटालीको सिकिली र सार्डिनिया टापुमा सबैभन्दा कम शून्य दशमलव ३ प्रतिशत मानिसमा मात्र एन्टिबडी पाइएको थियो ।

यो सर्वेक्षणबारे बोल्दै इटालीका स्वास्थ्यमन्त्रीले सरकारले कडा प्रतिबन्ध र इटालीका मानिसहरुले चालेको सही व्यवहारको कारण इटालीमा अत्यधिक मात्रामा कोरोना भाइरसको संक्रमण नफैलिएको बताएका छन् ।

सर्वेक्षणअनुसार अहिले एन्टिबडी पोजेटिभ पाइएका करिब एक तिहाइ मानिसहरु लक्षण नदेखिएका संक्रमित थिए । साथै ४१ दशमलव ७ प्रतिशत मानिसमा भने एउटै घरमा बस्ने मानिसबाट कोरोना भाइरस सरेको थियो ।

इटालीको तथ्यांक विभागका निर्देशकले अहिले कोरोनाको एन्टिबडी देखिएका मानिसको संख्या महामारीको क्रममा दर्ता भएका संक्रमितको तुलनामा ६ गुणा बढी रहेको बताए ।

यो सर्वेक्षण रेड क्रससँगको सहकार्यमा मे २५ देखि जुलाई १५को बीचमा गरिएको हो । सर्वेक्षणमा इटालीको दुई हजार गाउँ र सहरहरुका ६४ हजार ६६० जना मानिस सहभागी भएका थिए ।

स्रोत : सीएनएन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment