Comments Add Comment

मलेसियामा नेपाली सेक्युरिटी गार्डलाई नेपालीले नै कुटे

कुटपिट गर्ने व्यक्ति मलेसियन प्रहरी स्टेशनमा उपस्थित

१९ साउन, काठमाडौं । मलेसियामा नेपाली सेक्युरिटी गार्डमाथि कुटपिट भएको घटनाको थप विवरण खुलेको छ ।

केही दिनअघि एक व्यक्तिले सेक्युरिटी गार्डकै पोशाकमा रहेका एकजना व्यक्तिमाथि निर्घात कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । उक्त भिडियोमा एक व्यक्तिले सुरुमा हात र त्यसपछि लठ्ठीले हिर्काएका छन् ।

घटनाको प्रारम्भिक अध्ययनका क्रममा पीडित व्यक्ति नेपाली भएको थाहा भए पनि घटनाको अन्य विवरण खुलेको थिएन।

दूतावासले घटनाको अध्ययन गरेपछि थप विवरण सार्वजनिक भएको छ । उक्त घटना गत जुलाई ७ तारिखमा बिहान १० बजे एमथ्री मलमा भएको र कुटपिट गर्ने व्यक्तिसमेत नेपाली भएको क्वालालाम्पुरस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार पीडित व्यक्ति नवलपरासीका इस्लाम हुसेन हुन् भने कुटपिट गर्ने कपिलवस्तुका राम गोपाल मुराउ हुन् ।

उनीहरु दुवैजना दूतावासको सम्पर्कमा आएका छन् । दूतावासको सम्पर्कमा आएका मुराउले हुसेनलाई कुटपिट गर्ने आफू नै भएको स्वीकारसमेत गरेका छन् ।

पीडित हुसेन सोही मलका सेक्युरिटी गार्ड र कुटपिट गर्ने मुराउ सुपरभाइजरको रुपमा कार्यरत रहेको समेत खुलेको छ ।

मलेसियाको अध्यागमन कानूनअनुसार उनीहरु दुवैजना अवैधानिक कामदारसमेत रहेको पाइएको दूतावासल जनाएको छ ।

दूतावासमा उपस्थित भएका पीडक मुराउ सोमबार नै आफैं मेलेसियन प्रहरीसमक्ष उपस्थित भएका छन्। घटनाको थप अनुसन्धान क्वालालम्पूरको वाङ्सामाजु स्थित प्रहरीस्टेशनले गर्ने दूतावासले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment