News Summary
Generated by OK AI. Editorially reviewed.- सिरहाको लहान नगरपालिका–४ स्थित हुलाक रोडमा आपसी विवादका क्रममा भएको कुटपिटबाट भगवानपुर गाउँपालिका–५ का १७ वर्षीय आयुषकुमार मण्डल घाइते भएका छन्।
- कुटपिट आरोपमा भगवानपुर गाउँपालिका–२ का १९ वर्षीय राजु यादव र वडा नम्बर १ का २० वर्षीय बलराम यादव नियन्त्रणमा लिइएका छन्।
- जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार आयुषको प्रादेशिक अस्पताल लहानमा उपचार भइरहेको छ र घटनाबारे अनुसन्धान भइरहेको छ।
२६ भदौ, सिरहा । सिरहाको लहान नगरपालिका–४ स्थित हुलाक रोडमा आपसी विवादका क्रममा भएको कुटपिटबाट एक जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार घाइते हुनेमा भगवानपुर गाउँपालिका–५ इनरवाका १७ वर्षीय आयुषकुमार मण्डल रहेका छन् ।
घटनामा संलग्न भएको आरोपमा प्रहरीले भगवानपुर गाउँपालिका-२ का १९ वर्षी राजु यादव र वडा- नम्बर १ का २० वर्षीय बलराम यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुवै जनालाई इलाका प्रहरी कार्यालय लहानमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी बासुदेव पाठकले जानकारी दिए।
एसपी पाठकका अनुसार कुटपिटबाट आयुषको शरीरका विभिन्न भागमा चोट लागेको र उनको प्रादेशिक अस्पताल लहान सिरहामा उपचार भइरहेको छ । कुटपिट किन गरिएको भन्नेबारे अनुसन्धान भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4