News Summary
Generated by OK AI. Editorially reviewed.- नयाँ बानेश्वर चोकमा ड्युटीमा खटिएका महिला र पुरुष ट्राफिक प्रहरीमाथि जुम्लाका २७ वर्षीय राज कठायतले हातपात गरेका छन्।
- प्रहरीले राज कठायतलाई पक्राउ गरेर प्रहरी वृत्त नयाँ बानेश्वरमा राखी अनुसन्धान सुरु गरेको छ।
- ट्राफिक प्रहरीले जथाभावि बाटो काट्नेलाई आकाशे पुल प्रयोग गर्न आग्रह गरिरहेको बेला उक्त घटना भएको हो।
९ भदौ, काठमाडौं । नयाँ बानेश्वर चोकमा ड्युटीमा खटिएको प्रहरीमाथि नै हातपात भएको छ।
ड्युटीमा खटिएका महिला तथा पुरुष प्रहरीमाथि नै आक्रमण भएको हो । आक्रमण गर्ने जुम्ला घर भएका २७ वर्षीय राज कठायत नाम गरेको युवकलाई पक्राउ गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदीले बताए ।
उनलाई प्रहरी वृत्त नयाँ बानेश्वरमा राखेर अनुसन्धान सुरु गरिएको छ । सडक सचेतना जगाउँदै जथाभाविबाट बाटो काट्नेलाई आकाशे पुलबाट बाटो काट्न ट्राफिक प्रहरीले भनेको थियो ।
सो क्रममा कठायतले उल्टै ट्राफिक प्रहरीमाथि हातपात गरेको एसपी सुवेदीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4