+
+
Shares

कञ्चनपुरमा जग्गा विवादमा भाइमाथि कुटपिट, दिदी-भिनाजु पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १७ गते ८:५४
प्रतीकात्मक तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कञ्चनपुरमा जग्गासम्बन्धी विवादमा गोपाल गिरीमाथि कुटपिट गरेको आरोपमा उनकी दिदी पार्वती नाथ र भिनाजु वलदेव नाथ पक्राउ परेका छन्।
  • डीएसपी टेकबहादुर रावतले मंगलबार राति नै पक्राउ गरिएको बताउँदै लाठीले निर्घात कुटपिट गरिएको जानकारी दिए।
  • घाइते गिरीलाई थप उपचारका लागि धनगढी ल्याई माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

१७ भदौ, धनगढी । कञ्चनपुरमा जग्गासम्बन्धी विवादमा भाइमाथि कुटपिट गरेको आरोपमा दिदी–भिनाजु पक्राउ परेका छन् ।

वेदकोट नगरपालिका–७ को गाउजी बस्ने ४९ वर्षीय गोपाल गिरीमाथि कुटपिट गरेको भन्दै दिदी पार्वती नाथ र भिनाजु वलदेव नाथलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कञ्चनपुरका डीएसपी टेकबहादुर रावतले गिरीमाथि कुटपिट गरेको पाइएपछि उनीहरू दुवै जनालाई मंगलबार राति नै पक्राउ गरिएको जानकारी दिए ।

उनकाअनुसार जग्गा सम्बन्धी घरायसी विवादकै कारण गिरीमाथि उनीहरूले लाठीले निर्घात कुटपिट गरेका थिए ।

घाइते अवस्थाका गिरीलाई थप उपचारका लागि धनगढी ल्याइएको छ । उनको धनगढीको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।

गिरीको पिठ्युमा चोट लागेको छ । उनीहरूबीच जग्गा सम्बन्धी विवाद रहेको बुझिन आए पनि विस्तृत कारण भने खुल्न बाँकी रहेको प्रहरीको भनाइ छ ।

उनका दिदी-भिनाजुलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?