+
+
Shares

बलात्कारको आरोपमा वडाध्यक्ष पक्राउ

बिकास मरहट्टा बिकास मरहट्टा
२०७७ साउन २० गते ७:१७

२० साउन, गोरखा । चौध वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा गोरखाका एकजना वडाध्यक्ष पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पालुङटार नगरपालिका वडा नम्वर ४ का वडाध्यक्ष ठाकुरकान्त रानाभाट रहेको प्रहरीले जनाएको छ ।

‘बिहे गर्छु भन्दै यसअघि पनि पटक–पटक जबरजस्ती करणी गरेको भन्ने पीडित परिवारले दिएको जाहेरीमा उल्लेख छ,’ एसपी सुरेन्द्र बहादुर गुरुङले भने, ‘उनीहरुको सम्बन्धबारे अभिभावकले थाहा पाएपछि वडाध्यक्षविरुद्ध जाहेरी दिनुभयो अनि हामीले उहाँलाई पक्राउ गर्यौं ।’

अन्दाजी ४७ वर्षीय रानाभाटलाई सोमवार जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष टोलिले पालुङटारबाट पक्राउ गरेको उनले बताए ।

घटनाबारे थप अनुसन्धान भइरहेको र रानाभाटविरुद्ध जबरजस्ती करणी शिर्षकमा मुद्दा दर्ताको तयारी भइरहेको एसपी गुरुङले जानकारी दिए ।

गत असारमा कालिकोटको खाँडाचक्र नगरपालिका–६ का वडाध्यक्ष जगदिश शाही पनि १६ वर्षीया किशोरी बलात्कारको आरोपमा पक्राउ परेका थिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?