Comments Add Comment

विराटनगरमा कोरोना संक्रमित वृद्धको मृत्यु

१९ साउन, विराटनगर । कोरोना भाइरस -कोभिड-१९) को संक्रमणबाट विराटनगरमा एक वृद्धको मृत्यु भएको छ । कोशी अस्पतालमा उपचारका क्रममा मृत्यु भएका विराटनगर महानगरपालिका- ५ का ७७ वर्षका वृद्धमा संक्रमण पुष्टि भएको हो ।

उनलाई ज्वरो आउनुका साथै स्वासप्रश्वासको समस्या भएपछि सोमबार विहान ९ बजे अस्पताल भर्ना गरिएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए ।

वृद्धलाई आइसोलेसनमा राखेर १० बजे स्वाब परीक्षण गर्न पठाएको थियो । तर रिपोर्ट नआउँदै उनको मृत्यु भएको छ ।

त्यसको करिब एक घण्टापछि आएको रिपोर्ट पोजेटिभ रहृयो । वृद्धलाई अस्पताल ल्याउने आफन्तलाई कोरोना जाँचका लागि आइसोलेशनमा राखिएको छ ।

मधुमेहको समस्या भएका उनलाई चार दिनयता ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएको थियो । तर उनको ट्राभल हिस्ट्री नदेखिएको मेडिकल सुपरीटेण्डेन्ट डाक्टर दासले जानकारी दिए ।

यससँगै मोरङमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ पुगेको छ । बुधबार सोनवर्षी नगरपालिका ८ का १ जनाको मृत्यु भएको थियो ।

नेपालमा भने कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ५८ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment