+
+
Shares

एमाले सांसदको आरोप– नागरिकको जीवन रक्षामा सरकार पूर्णत: चुक्यो

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १२ गते १५:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सांसद मीना सिंह रखालले बाढी, पहिरो र डुबानबाट नागरिकको जीवन रक्षामा सरकार पूर्णत: चुकेको आरोप लगाइन् ।
  • उनले भदौ १० को बाढीपछि असोजमा आएको अति भारी वर्षाले जनजीवन कष्टकर बनेको राष्ट्रिय सभामा बताइन् ।
  • उनका अनुसार भोटेकोशी र त्रिशूली करिडोरमा करिब ७ हजार ५ सय ७० घरधुरीका ३२ हजारभन्दा बढी नागरिक प्रभावित भएका छन् ।

१२ असोज, काठमाडौं । नेकपा (एमाले) की सांसद मीना सिंह रखालले बाढी, पहिरो र डुबानका कारण मुलुकले भोगिरहेको भयावह अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराउँदै नागरिकको जीवन रक्षामा सरकार पूर्णत: चुकेको आरोप लगाएकी छिन् ।

राष्ट्रिय सभाको सोमवारको बैठकमा सांसद रखालले भदौ १० गतेको विनाशकारी बाढीबाट सिर्जित पीडा ताजै रहेका बेला असोजको शुरुवाती दिनहरूमा पुन: आएको अति भारी वर्षाले जनजीवन कष्टकर बनाएको बताइन् ।

भोटेकोशी र त्रिशूली करिडोरमा मात्रै करिव ७ हजार ५ सय ७० घरधुरीका ३२ हजारभन्दा बढी नागरिक प्रभावित भएको सरकारी तथ्यांक प्रश्तुत गर्दै पूर्वाधारमा पुगेको क्षतिले देशको अवस्था जर्जर बनेको उल्लेख गरिन् ।

विशेषगरी कर्णाली राजमार्गका विभिन्न खण्डहरू अवरुद्ध हुँदा स्थानीयको जनजीवन थप संकटमा परेको उनले बताइन् ।

‘नागरिकहरू प्राकृतिक प्रकोपसँग नाङ्गो छातीले जुधिरहेका छन्, तर सरकारको प्राथमिकताप्राप्त कार्यशैली र राहत वितरण प्रभावकारी देखिएन । जनताले सरकार आफूहरूको सेवक हो वा शासक भन्ने प्रश्न उठाउन थालेका छन्,’ उनले भनिन् ।

उनले विपद्को पूर्वसूचना हुँदाहुँदै पनि जोखिमयुक्त बस्तीको समयमै स्थानान्तरण र उद्धारमा सरकारले हेलचक््रयाइँ गरेको आरोप लगाइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?