+
+
Shares

एसएसपी खड्कालाई मानव अधिकार आयोगले सोधपुछका लागि बोलायो

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १२ गते १५:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय मानव अधिकार आयोगले पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई पक्राउ गर्ने एसएसपी सन्तोष खड्कालाई मंगलबार आयोगमा डाकेको छ।
  • आयोगले आइतबार टेकुस्थित कार्यालयमा जबरा पक्राउको अनुगमन गर्न खोज्दा प्रहरीले आयोगको टोलीलाई गेटबाटै फर्काएको थियो।
  • आयोगले त्यस घटनाबारे आइतबार नै विज्ञप्तिमार्फत आपत्ति जनाएको थियो।

१२ असोज, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई पक्राउ गर्ने काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्कालाई सोधपुछ गर्न डाकेको छ ।

राष्ट्रिय मानव अधिकार आयोगका प्रवक्ता डा. टिकाराम पोखरेलले प्रहरी प्रधान कार्यालयमार्फत खड्कालाई मंगलबार आयोगमा डाकिएको जानकारी दिए ।

‘आइतबार पूर्वप्रधानन्यायाधीश पक्राउ परेको र त्यसपछि आयोगको टोलीले अनुगमन गर्न नपाएको विषयमा छलफलका लागि उहाँलाई डाकिएको हो,’ उनले भने ।

मानव अधिकार आयोगले आइतबार टेकुस्थित कार्यालयमा पुगेर जबरा पक्राउको अनुगमन गर्न खोजेको थियो ।

तर, प्रहरीले करिब १ घण्टा कुराएर गेटबाटै आयोगको टोलीलाई फर्काइएको दियो ।

यसबारे आयोगले आइतबार नै विज्ञप्तिमार्फत आपत्ति जनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?