+
+
Shares

चोलेन्द्रलाई ‘सुरक्षित ठाउँ’मा पठाएका छौं : प्रहरी

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ११ गते १३:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई उनले भनेकै स्थानमा सुरक्षित ठाउँमा पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
  • एसएसपी सन्तोष खड्काले सुरक्षित ठाउँ कहाँ हो भन्नेबारे खुलाएनन्।

११ असोज, काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई ‘सुरक्षित ठाउँ’मा पठाएको प्रहरीले जनाएको छ । अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले सुरक्षित ठाउँमा पठाएको बताएका हुन् ।

‘उहाँलाई सुरक्षित स्थानमा, उहाँले भनेकै स्थानमा यहाँबाट पठाइएको छ,’ एसएसपी खड्काले अनलाइनखबरसँग भने ।

‘सुरक्षित ठाउँ’ भनेको कहाँ हो भन्नेबारे भने उनले खुलाएनन् । सुरक्षाको कारण ठाउँ खुलाउन नमिल्ने एसएसपी खड्काको भनाइ छ ।

गएराति अपराध अनुसन्धान कार्यालयको टोलीले महाराजगञ्जस्थित निवासबाट उनलाई पक्राउ गरेको थियो ।

उनलाई भेट्न भनेर कार्यालय पुगेको मानव अधिकार आयोगको टोलीलाई पनि प्रहरीले भेट्न दिएन । गेटमा करिब ४५ मिनेट कुर्दा पनि भेट्न नदिइएपछि आयोगको टोली फर्किएको थियो ।

 सरकारले जबरालाई पक्राउ गर्नुपर्नाका कारण खुलाएको छैन ।

एसएसपी खड्काले ‘सुरक्षा थ्रेट’ भएकाले जबरालाई रातारात कार्यालयमा ल्याएर राख्नुपरेको जिकिर अनलाइनखबरसँग गरेका छन् ।

गएराति अपराध अनुसन्धान कार्यालय टेकुको टोली निवास आएपछि जबराले भाइ प्रभुशम्शेरलाई फोन गरेर जानकारी गराएका थिए । प्रभुशम्शेरले पनि आज बिहान अनलाइनखबरसँग कुरा गर्दै भने, ‘जेनजीहरुबाट तपाईंलाई थ्रेट छ भन्दै प्रहरीहरुले दाइलाई पक्रेर लगेछन् ।’

तर कानुनका जानकारहरुले प्रहरीको शैलीमाथि प्रश्न उठाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?